×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चम्सुर र पालुंगोको मूल्य बढ्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चम्सुर र पालुंगोको मूल्य बढ्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चम्सुर र पालुंगोको सागको मूल्य बढेको छ । चम्सुर र पालुंगोको साग ३० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ११० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठूलो गोलभेडा ७० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ, भारतीय सानो गोलभेडा ६० रुपैयाँ र सानो गोलभेडा तराई ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, बन्दा नरिवल २० रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, स्थानीय काउली (ज्यापु) २५ रुपैयाँ, रातो मुला ६० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १००, मटरकोशा ५० रुपैयाँ, लोकल घ्यु सिमि २५, हाइब्रिड घ्यु सिमि २५, घ्यु सिमि राजमा १००, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ४०, परवर लोकल ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी १००, बरेला ४०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ६० रुपैयाँ, पालुंगो ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ५०, कन्य च्याउ ५०, डल्ले च्याउ १८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन २००, रातो बन्दा ४०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ११०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी १२०, खुर्सानी हरियो (बुलेट) १२०, माछे खुर्सानी ८०, भेडे खुर्सानी १७०, हरियो लसुन १२०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी हरियो १००, रुख टमाटर १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, झोले स्याउ २२०, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २८०, हरियो अंगुर १३०, कालो अंगुर २००, भारतीय सुन्तला १२०, हरियो तर्बुजा ४०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो ४०, चाइनिज नासपाती २००, नेपाली मेवा ७०, भारतीय मेवा ८०, किनु ९०, स्ट्रबेरी ३००, अमला ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी