Skip to content
LAXMI SUNRISE BANK

राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स

अर्थ सरोकार

काठमाडौं। राकुटेन भाइबरले कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स लन्च गरेको छ। जसले प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र तिनीहरूको कम्यूनिकेशन म्यानेज गर्न मद्दत गर्छ । प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको च्याट फोल्डर्सले विषय, ग्रुप वा व्यक्तिहरूमा आधारित भई सहज वर्गीकरण गरी च्याट फोल्डर्सलाई सुव्यवस्थित बनाउने कम्पनीले जनाएको छ ।

उक्त नयाँ सुविधामा प्रयोगकर्ताहरूले पाँचवटा कस्टम फोल्डर्स सिर्जना गर्न सक्नेछन् । साथै, यसले स्वचालित रूपमा अन्य सबै च्याटहरू समावेश गर्ने एउटा ‘अल’ ट्याब पनि उपलब्ध गराएको छ। कस्टमाइज फोल्डर्समा एउटै च्याट धेरै फोल्डर्समा पनि राख्न सकिन्छ र असीमित सङ्ख्यामा च्याटहरू थप्न पनि सकिन्छ । प्रयोगकर्ताहरूले फोल्डर्स पुन: नामाकरण गर्न वा फोल्डर्स भित्रका सबै च्याटहरूलाई रिडको मार्क लगाएर उनीहरूको कम्यूनिकेशनलाई सजिलै वर्गीकरण र स्ट्रिमलाइन गर्न पनि सकिने कम्पनीले जनाएको छ ।

फोल्डर्स बिस्तारै विश्वव्यापी रूपमा रोलआउट हुँदैछन् र आगामी केही महिनाहरूमा राकुटेन भाइबरका २२.० र त्यसमाथिका भर्जन भएका सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने भाइबरले जनाएको छ । १० भन्दा बढी च्याट भएका प्रयोगकर्ताहरूले एप खोल्ने बित्तिकै यसको सुविधा प्राप्तग र्न सक्नेछन् ।

फोल्डर्स अक्टिभेट गर्न मुख्य च्याट स्क्रिनमा more मा गएर Manage Folders मा सेलेकट गरी तिनीहरूमा च्याटहरू थप गर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK