×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यान्सरका बिरामीलाई यति एयरले निःशुल्क हवाई टिकट दिने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्यान्सरका बिरामीलाई यति एयरले निःशुल्क हवाई टिकट दिने !

२८ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यति एयरलाइन्सले क्यान्सरका बिरामीहरुलाई निःशुल्क हवाई टिकट दिने भएको छ । बिराट मेडिकल कलेज टिचिङ (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यतिले निःशुल्क हवाई टिकट दिने भएको हो । क्यान्सरका बिरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउनेबारे यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौतासमेत भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने उद्धेश्यले क्यान्सर बिरामीलाई निःशुल्क हवाई टिकट दिनेगरी सुविधा ल्याएको यति एयरलाइन्सले जनाएको छ ।

यतिका अनुसार निःशुल्क हवाई टिकट पाउनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ । कागजातका आधारमा अस्पतालले दिने परिचयपत्रका आधारमा हवाई टिकट उपलब्ध गराइने यति एयरलाइन्सले जनाएको छ ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: