काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्ने समझदारी भएको छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्ने समझदारी भएको हो ।
बैशाख ७ गते दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि अब सबैले विमानस्थलमा निर्वाध इडुरोम प्रयोग गर्न पाउने भएका छन् । नेअशिसले नेपालका सबै शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूलाई निःशुल्क इडुरोम सेवा प्रदान गर्दै आएको छ ।
नेपालमा अनुसन्धानलाई दिइएको न्यून प्राथमिकता र अझै सम्म पनि पौराणिक शिक्षण विधि अपनाइएको कारण यो सेवा बारे धेरै संस्थाहरू अनभिज्ञ रहेको नेअशिसले जनाएको छ । देश कोभिड महामारीले आक्रान्त भई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न असम्भव हुँदा नेअशिसले शिक्षण संस्थाहरूलाई जुमको प्रयोग गरी अनलाइन कक्षा लिने सेवा दिन थालेपछि यस सञ्जाल बारे उत्सुकता बढ्न शुरु भएको थियो र सञ्जालको सदस्य सङ्ख्यामा छोटो समयमै उल्लेख्य वृद्धि भएको थियो।
कोभिड महामारीको प्रभाव घटेपछि पनि नेअशिसले आफ्नो सेवा निरन्तर दिइरहेको छ । पछिल्लो समयमा नेअशिसको सदस्य सङ्ख्यामा बिस्तारै वृद्धि भएको छ तर अनभिज्ञताकै कारण देशका अधिकांश शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरू यस सञ्जालबाट पाउन सक्ने सेवाबाट अझै टाढा छन् ।
के हो इडुरोम ?
विश्वका शिक्षण संस्था तथा अनुसन्धान गर्ने निकायहरूको इन्टरनेट जस्तै एउटा छुट्टै सञ्जाललाई इडुरोम भनिन्छ । शिक्षण, अनुसन्धान तथा पेशागत रूपमा बढि प्रयोग हुने यस इडुरोम प्रयोग गर्दा आफ्नो कम्प्युटरमा भाइरस सर्ने सम्भावना रहँदैन । विश्वका सुपर कम्प्युटरहरूको अति शक्तिशाली क्षमतामा निर्बाध पहुँच हुने हुँदा शिक्षण तथा अनुसन्धानको लागि आफैसँग ठूला सर्भरहरू आवश्यक पर्दैन । इडुरोम सेवा आफ्नो मोबाइल वा कम्प्युटरमा छ भने विश्वका कुनै पनि नाम चलेका विमानस्थल, विश्वविद्यालय र अनुसन्धान निकायमा जाने बित्तिकै लगइन नगरिकनै आफै कनेक्ट हुन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्