×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानी प्रवर्द्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य’ -एफएनसीसीई

PRIME CA

‘लगानी प्रवर्द्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य’ -एफएनसीसीई

१२ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन नजिकिँदै गर्दा सरकारले लगानी प्रवर्द्धनका लागि १२ कानुन र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एफएनसीसीईले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा यो संशोधनले थप सहयोग पुग्ने जानकारी दिएको छ ।

‘यही वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गर्दै निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमिसम्बन्धी ऐन लगायतका कानुमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्यांकन, हदवन्दी लगायतका विषयलाई सम्बोधन गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा पनि खुसी व्यक्त गरेको छ । यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन नसकिएको पनि उल्लेख छ । महासंघले नै नियमावलीमार्फत परिभाषा खोजे पनि यसपटक सिधैँ ऐनबाट सम्बोधन हुनु सकारात्मक भएको बताइएको छ ।

प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एकनारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो । जसमा महासंघको सक्रिय सहभागिता रहेको थियो ।

अध्यादेशबाट पारित कानुनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघको विश्वास छ । यसैगरी संशोधित कानुन कार्यान्वयन हुनेमा महासंघ आशावादी छ । यो सुधार दोस्रो पुस्ताको सुधारका लागि प्रस्थान विन्दु भएको महासंघले विश्वास लिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: