×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगातार बढेको सुनको मूल्य बिहीबार घट्यो, चाँदीको कति ?

PRIME CA

लगातार बढेको सुनको मूल्य बिहीबार घट्यो, चाँदीको कति ?

२९ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । लगातार बढ्दै गएको सुनको मूल्य बिहीबार घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १७ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १७ हजार १ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १६ हजार ५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १४५७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: