काठमाडौं। ग्रीन डेभलपमेन्ट लिमिटेडका अध्यक्ष गणेश कुमार श्रेष्ठले सपथ ग्रहण गरेका छन्। उनले बैशाख १० गते नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बैंकको चैत्र २७ गते सम्पन्न भएको दशौं तथा एघारौं संयुक्त साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट अध्यक्ष पदमा गणेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन्।
सपथ कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले ग्रीन डेभलपमेन्टलाई यो उचाइसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले खेलेको भूमिकालाई स्मरण गर्दै बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि थप सहयोग आवश्यक रहने बताए ।
श्रेष्ठले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्रीन डेभलपमेन्ट लिमिटेडलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्