काठमाडौं। हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको २०८१ बैशाख १३ गते बाट व्यवसायिक कारोबार संचालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्बद्ध सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको हिमालयन सेक्युरिटिज लिमिटेडको कुल चुक्ता पूँजी ६० करोड रहेको छ ।
पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरको हिमालयन सेक्युरिटिज लिमिटेडले वि.सं. २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेञ्जबाट सदस्यता प्राप्त गरेको थियो ।
ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ कारोबार संचालनमा ल्याएको कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार मार्जिन (लेनडिङ) तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।
वित्तीय क्षेत्रमा लामो समय नेतृत्वदायी भूमिकामा रहेका बौद्धिक व्यक्तित्वहरुको संचालक समितिबाट निर्देशित हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको छ ।
कम्पनीले हाल सि.टि.सि. मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्