Skip to content
LAXMI SUNRISE BANK

कामना सेवाका ग्राहकलाई लक्ष्मी हेयर एण्ड बियुटी स्टुडियोमा १० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौं। कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड बियुटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

सो सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK