×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

GLOBAL IME BANK

सोमबार सामान्य अंकले बढ्यो नेप्से परिसूचक

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १७ कम्पनीको ७३ लाख ४१  हजार १ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९५ करोड ९४ लाखमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । यस कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पोखरा फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: