Skip to content
LAXMI SUNRISE BANK

नेरुडे मिर्मिरे लघुवित्तद्वारा देशव्यापी अन्तरक्रिया कार्यक्रम संचालन

अर्थ सरोकार

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर पश्चात देशव्यापी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । साविक बिराटनगर केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था तथा साविक बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिएर नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०८० फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।

२०८१ बैशाख ३ गते देखि ५ गते सम्म कोशी प्रदेशको बिराटनगरमा, मधेश प्रदेशको बर्दिबासमा, बागमती र गण्डकी प्रदेशको भरतपुरमा, लुम्बिनी र कर्णाली प्रदेशको भैरहवामा र सुदुर पश्चिम प्रदेशको धनगढीमा अन्तरक्रिया कार्यक्रम भइरहको छ । एकीकृत कारोबार पश्चात कर्मचारी तहमा अन्तरघुलन तथा साँस्कृतिक मिलन सहित भावनात्मक रुपमा समेत एकिकरण गरी अधिकतम सफलताको लागि सञ्चालक समितका पदाधिकारीहरु, उच्च व्यवस्थापन तथा विभागिय प्रमुखहरु, प्रदेश तथा क्लष्टर प्रमुखहरु सहित कर्मचारीहरुको सहभागितामा कार्यक्रम संचालन भइरहेको छ ।

मर्जरपश्चात २५९ शाखाहरुबाट ३ लाख सदस्यहरूमाझ करिब २० अर्ब लगानी सहित लघुवित्त कार्यक्रम संचालन गरिरहेको नेरुडे मिर्मिरेको यो कार्यक्रमले सम्पूर्ण सरोकारवालाहरुमा सांस्कृतिक एकता तथा भावनात्मक सम्बन्धलाई प्रगाढ बन्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले बताए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK