काठमाडौं। एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच ‘आइडिया टु आईपीओ’ सेवा सम्बन्धी सम्झौता भएको छ । क्लासिक भ्यु रिसोर्ट लिमिटेडलाई क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम कम्पनीको जारी पूँजीको १४ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यमा १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।
क्लासिक भ्यु रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको क्षेत्रफलमा निर्माणधीन अवस्थामा रहेको छ । हालसम्म उक्त रिसोर्टको ६५ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको छ । रिसोर्टको अध्यक्ष मुकुन्द राज कुँवर लगायत अन्य सञ्चालक तथा संस्थापक सेयरधनीहरूको रियल स्टेट लगायत अन्य व्यवसायमा एक दशक भन्दा बढीको अनुभव हासिल गर्नुभएका विज्ञ टिमद्वारा सञ्चालित क्लासिक भ्यु रिसोर्ट आर्थिक रुपमा समेत बलियो रहेकोले समयमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यवसायीक रुपमा सञ्चालनमा ल्याउने योजना रहेको छ ।
क्लासिक भ्यु रिसोर्ट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नजिकको दूरीमा अवस्थित रहेको हुँदा स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइको रिसोर्ट हुन सक्ने देखिन्छ । रिसोर्टले रमणीय परिवेश, सांस्कृतिक विसर्जन अनुभवहरू र पर्यावरणमैत्री वातावरण मार्फत ग्राहकहरूको अपेक्षाहरू पूरा गर्नका लागि उत्कृष्ट सेवा सुविधाहरू सहित विलासी आवासहरू देखि विविध भोजन, मनोरञ्जन लगायतका बिभिन्न सुविधाहरू उपलब्ध गराउने लक्ष्य लिएको छ ।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई सम्पर्क गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्