×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

१८ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीया सन्ध्या लामा बुढा मगर र ५३ वर्षीय उदिम बहादुर पुन रहेका छन् ।

उनीहरुले बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि स्लोभाकिया, अमेरिकालगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । सन्ध्या लामा बुढा मगरले दुई लाख रुपैयाँ र उदिम बहादुर पुनले ७८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले मनमौजु र सातदोबाटोबाट पक्राउ गरेको हो ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी