काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न इतिहाशसिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा त्रिरन्न मानन्धरले सुझाव दिएका छन् । आइतबार काठमाडौंमा आयोजित मिडिया सम्पादक तथा सिनियर पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै पुर्व उपकुलपतिसमेत रहेका प्राडा मानन्धरले यस्तो सुझाब दिएका हुन् ।
उनले सगरमाथाको पवित्र नेपाली नामलाई ‘माउन्ट एभरेस्ट’ राखिएकोमा आपत्ति जनाएका थिए । नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेकाले सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे ।
कार्यक्रममा मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाएको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गरेका थिए ।
उनले भने, ‘सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेस्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।’ यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उनले बताए ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रा डा सुरेन्द्र केसी, इतिहाश शिरोमणि बाबुराम आचार्यकी नातिनीहरु प्रतिष्ठानकी कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, सदस्य निर्जला आचार्य, नेपाल आयल निगमका पुर्व महाप्रबन्धक एवम् नाती जयराज आचार्य, नातिनीतर्फका पनातिनीहरु स्तुति शर्मा, तपस्या बुढाथतोकी, उपासना बुढाथोकी, सर्भेष खनालको उपस्थिति रहेको थियो ।
मेन स्ट्रिम मिडियाका सम्पादक तथा सिनियर पत्रकारहरुको उपस्तिमा सम्पन्न अन्तरकृया कार्यक्रम संचालन प्रतिष्ठानका महासचिव एबम् कार्यक्रम संयोजक बाबुराम आचार्यले गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्