काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो-१७, पोखरामा स्थित बञ्जी नेपाल एड्भेञ्चरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बञ्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बञ्जी नेपाल एड्भेञ्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बञ्जी नेपाल एड्भेञ्चरमा गई एकल बञ्जी गर्दा एक हजार रुपैयाँ र जोडी बञ्जी गर्दा १५ सय रुपैयाँसम्म छुट पाउने छन् ।
यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्