काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नं-२, सिदुङ्खामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरूका लागि लगाउने लुगा राहत स्वरुप प्रदान गरेको ।
कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानहरूको क्षति भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत १७ घरपरिवारका करिव ६६ जना सदस्यहरूलाई एक कार्यक्रमका बिच एक एक जोडी लगाउने कपडा प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै सन नेपाल लाइफ इन्स्योरेन्सका बुटवल कलस्टर प्रमुख सन्तोष कुँवर क्षेत्रीले सन नेपाल लाइफ इन्स्योरेन्स सुख वा दुःख हरेक परिस्थितिमा सदैव जनताको साथमा रहेको र जोखिम तथा विपदमा आर्थिक सुरक्षा पाउनको लागि सबैले बीमा गर्नुपर्ने बताए । उनले भने ‘यस्तो विपदमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नको लागि गाउँपालिकाले घर, पशुपक्षी तथा म्यादी जीवन बीमा अनिवार्य गराउन तत्कालै पहल गर्नुपर्ने आवश्यकता देखिएको छ, जसको कारणले पीडितले राहत र सहयोगको भर नपरी आफ्नो अधिकारको रकम दावी गर्ने अवस्था सिर्जना हुन्छ ।’
त्यस्तै, सोही गाउँपालिकाको अन्य वडामा भएको आगलागीबाट विस्थापित अन्य घरपरिवारहरूको लागी पनि राहत स्वरुप खाद्यान्न सामाग्रीहरू प्रदान गर्ने योजना रहेको सन नेपाल लाइफ इन्स्योरेन्सका बुटवल कलस्टर प्रमुख सन्तोष कुँवर क्षेत्रीले जानकारी दिए ।
राहत सामाग्री वितरण कार्यक्रममा सन नेपाल लाइफको प्रतिनिधिको रुपमा बुटवल कलस्टर प्रमुख तथा गुल्मी शाखा प्रमुख, अभिकर्ता, विपद व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्