काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बैशाख १८ गते मंगलबार एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
सूर्यज्योतिले ६ शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको छ भने १२ शाखाका लागि ट्रेनी असिस्टेन्ट माग गरेको छ । ब्रान्च म्यानेजरका लागि शैक्षिक योग्यता ब्याचलर पास गरेको हुनुपर्नेछ । त्यस्तै, ट्रेनी असिस्टेन्टको लागि कम्तिमा +२ पास गरेको हुनुपर्ने सुचनामा उल्लेख गरेको छ ।
इन्स्योरेन्सले मागेको सो पदमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन इन्स्योरेन्सको वेबसाइटमार्फत दिन सकिनेछ ।
यस्तो छ इन्स्योरेन्सले जारी गरेको सुचना :