काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकउत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्ण ग्राहकवर्ग, अभिकर्ताहरु, कर्मचारीहरु, सेयरधनीहरू, सञ्चालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरूमा आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
साथै, कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु लगायत सदैव मार्गनिर्देश गर्ने नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे ।
कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ ।
इन्स्योरेन्सको हाल चुक्ता पुँजी ४५४ करोड रुपैयाँ, जीवन बीमाकोष ३,२०० करोड रुपैयाँ, कुल लगानी ३,७५० करोड रुपैयाँ रहेको छ भने नेटवर्थ ७५६ करोड रुपैयाँ रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्