×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्ट ट्रम लगानीकर्ताले सरकारलाई तिरे २ अर्ब ४३ करोड कर

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार

PRIME CA

सर्ट ट्रम लगानीकर्ताले सरकारलाई तिरे २ अर्ब ४३ करोड कर

काठमाडौँ । सर्ट ट्रम ट्रेडरले सरकारलाई करिब साढे दुई अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म (९ महिना)को अवधिमा सर्ट ट्रम ट्रेडरले करिब साढे २ अर्ब रुपैयाँ कर तिरेका हुन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यसअवधिमा यस्ता लगानीकर्ताले सरकारलाई कुल २ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ कर तिरेका छन् ।

सेयर खरिद गरेको एक वर्षभित्र नाफामा सेयर बिक्री गर्दा सर्ट ट्रम लगानीकर्ताले सरकारलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । सोही प्रावधान अनुसार पछिल्लो ९ महिनामा सर्ट ट्रम लगानीकर्ताले सरकारलाई सो रकम बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।

त्यस्तै, चालु आर्थिक वर्षको चैतसम्म सेयर कारोबार गर्ने लगानीकर्ताहरुले (कर्पोरेटसहित) कुल ३ अर्ब ७९ करोड २ लाख रुपैयाँ बराबरको रकम सरकारलाई करबापत तिरेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सिडिएससीका अनुसार चालु आर्थिक वर्षको चैतसम्म सर्ट ट्रम ट्रेडरहरुले सरकारलाई धेरै पुँजीगत लाभकर तिरेका छन् ।

यता सोही अवधिमा लङ ट्रम लगानीकर्ताले सरकारलाई कुल ८९ करोड ७० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । त्यस्तै, ४५ करोड ३८ लाख रुपैयाँ भने कर्पोरेट ट्याक्स उठेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: