Skip to content
LAXMI SUNRISE BANK

खराब कर्जा बढेपछि अभियान लघुवित्तको नोक्सानी पनि बढ्यो, प्रतिसेयर आम्दानी ऋणात्मक 

अर्थ सरोकार

काठमाडौँ । खराब कर्जा बढेपछि अभियान लघुवित्तको नोक्सानी बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार लघुवित्तको खुद नोक्सानी २ करोड २३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नोक्सानी १ करोड २१ लाख ८० हजार रुपैयाँ रहेको थियो । 

लघुवित्त क्षेत्रमा देखिएको समस्या र मन्दीका कारण ऋणीहरुले ऋण तिनै छोड्दा खराब कर्जा ह्वात्तै बढेपछि लघुवित्तको खुद नोक्सानी पनि बढेको हो । 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.३१ प्रतिशतले बढेर ४.९२ प्रतिशत पुगेको छ । सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी भने ७८.५१ प्रतिशतले बढेर ५ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । 

लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ९८ पैसा ऋणात्मक रहेको छ । यसअवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७८ पैसा रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK