Skip to content
LAXMI SUNRISE BANK

आचार्य समाज ‘राप्ती नगर समिति’ को सभापतिमा प्रतिभा चयन

अर्थ सरोकार

काठमाडौं। आचार्य बन्धु समाज नेपाल राप्ती नगरपालीका, चितवनको अध्यक्ष सभापतिमा प्रतिभा पाण्डे आचार्य चयन भएकी छन् ।

आइतबार बसेको राप्ती नगरपालीकाका आचार्यहरुबीचको तदर्थ समिति गठन गर्ने भेलाले उपाध्यक्षमा इन्दिरा आचार्य, सचिवमा श्रृजना आचार्य, सहसचिवमा लक्ष्मी आचार्य, कोषाध्यक्षमा कौशल्या आचार्य र सदस्यहरुमा यसोदा आचार्य, कुशुम आचार्य, कमला आचार्य, सरस्वती आचार्य(राई)लाई सर्बसम्मत रुपमा चयन गरेको छ ।

९ सदस्यीय समितिको सल्लाहकार संयोजकमा वासुदेव आचार्य चयन भएका छन् । समाजका चितवन जिल्ला अध्यक्ष शंकर प्रसाद आचार्यको पहल तथा प्रमुख आतिथ्यतामा आचार्य समाज राप्ती नगरसमिति गठन भएको हो ।

सो भेलाले पदाधिकारी तथा सदस्यहरु सबैमा कौडिनय गोत्रीय आचार्यका छोरी तथा बुहारीलाईमात्र समेटेर राप्ती नगरस्तरीय समिति गठन गरेको छ । चितवनका ७ वटा स्थानीय तहमधये भरतपुर महानगरसहित ६ वटा गठन भईसकेको र एकमा छिट्टै गठन गर्ने तयारी भएको चितवन अध्यक्ष शंकर आचार्यले जानकारी दिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK