×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन, १० अर्ब बढीको आम्दानी

PRIME CA
GLOBAL IME BANK

बारामा १० हजार मेट्रिकटन दलहन उत्पादन, १० अर्ब बढीको आम्दानी

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कलैया । बारामा यसवर्ष दस हजार मेट्रिकटन दलहन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले यसवर्ष किसानले विभिन्न प्रकारका दलहन खेतीगरी रु १० अर्ब बराबरको कूल १० हजार ३ सय ५ मेट्रिकटन दलहन उत्पादन गरेका जानकारी दिएका छन् ।

उत्पादित दलहनको प्रतिक्विन्टल रु १० हजारको दरले बिक्रिवितरण भइरहेको र यसवर्ष यहाँका किसानले रु १० अर्ब ३० करोड ५० लाखभन्दा बढी आम्दानी गरेका उनले बताएका छन् ।

जिल्लमा मसुरो, रहर कुल ११ हजार ४ सय ५० हक्टरक्षेत्रफलमा खेती गरिएकामा १० हजार ३ सय ५ मेट्रिकटन उत्पादन भएको कृषिप्रचार अधिकृत रामजीवन ठाकुरले जानकारी दिएका छन् ।

गतवर्ष भने ११ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकामा ११ हजार ६९ मेट्रिकटन दलहन उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: