Skip to content
LAXMI SUNRISE BANK

वायु प्रदूषण नियन्त्रणको माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो-फिचर)

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय काठमाडौँ  उपत्यकासहित देशभर वायु प्रदुषण बढेको भन्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेका हुन् ।

शनिबार युनियनका अध्यक्ष नेत्र चापागाइँको नेतृत्वमा प्रदर्शन गर्दै विद्यार्थी नेताहरूले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरेका हुन् । उनीहरूले ‘स्वास्थ्यमाथि खेलवाड बन्द गर, स्वास्थ्य वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौं, वायु प्रदुषण रोकौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

देशभर आगलागी र डढेलो बढेका कारण देशभर वायु प्रदुषण बढेको छ । काठमाडौँ विश्वकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा छ । एक सातादेखि काठमाडौंको आकाश धुम्म भएको छ । चिकित्सकहरूले घरबाहिर निस्किंदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK