×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२५ लाख ऋण लागेपछि बैंक लुट्न भेन्टिलेसनबाट छिरे, ताला फुटाउन नसकेपछि गार्ड मारे… (भिडियोसहित) 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२५ लाख ऋण लागेपछि बैंक लुट्न भेन्टिलेसनबाट छिरे, ताला फुटाउन नसकेपछि गार्ड मारे… (भिडियोसहित) 

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । बैशाख २७ अर्थात गत विहीबार राती बैंक लुट्ने योजना बनाएर एउटा लुरे केटो रेन्चु, पिलास, डोरी, रड र खुकुरी बोकेर योजनाबद्ध रुपमा बैंकमा एक लुटेरा  नेपाल बैंकको फत्तेपुर शाखा प्रवेश गरे । ज्यान हेर्दै खान नपाएको जस्तो, लुरे केटोलाई बैंक छिर्न सुरुमै ढोका फोड्नु परेन । र त,  ३२ वर्षका चन्द्रबहादुर सुवेदी नाम गरेका ती लुटेरा बैंकको शौचालयको भेन्टिलेसनबाट बैंक प्रवेश गरे ।  

रातको त्यस्तै साँढे १२ बजेको थियो । बैंकको भल्ट फुटाउने आवश्यक तयारीसहित बैंकभित्र प्रवेश गरेका उनी भेन्टिलेसनबाट छिरेका थिए । बैंकमा झुन्ड्याइएका दुई तालामध्ये उनले एक ताला पनि फोडे, तर अलि बलियो दोश्रो ताला फोड्न सकेनन् । आफूसँग भएको रेन्चु, पिलास, डोरी, रडलगायतका समान प्रयोग गर्दासमेत दुई घण्टासम्म पनि ताला फोड्न नसकेपछि सुवेदी सुरक्षा गार्ड पर्शुराम फुयाँलको सुत्ने कोठामा प्रवेश गरे ।

सुवेदीले कोठामा पुगेर चाबी खोजे । फुयाँलले आफुसँग राखेको चाबी कोहि आएर खोस्न खोजेपछि बल्ल उनले बैंकमा लुटेरा प्रवेश गरेको छाल पाए । त्यसपछि दुवैबीच घम्साघम्सी भयो, मुडभेड भयो । आफूले मागेको चाबी नदिएपछि सुवेदीले आफूसँग भएको खुकुरीले फुँयालको गर्धन छिनालिदिए

उनी बैंक लुट्न त्यहाँ पुगेका थिए, तर घटनाक्रमले मान्छेको ज्यान गएपछि सुवेदी अत्तालिए । त्यसपछि उनी बैंक लुट्ने योजना छोडेर त्यहाँबाट भागे । किनकि, उनले हानेको खुकुरीले सुरक्षा गार्डको मृत्यु भईसकेको थियो ।

भोलिपल्ट बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या भएको थाहा पाएपछि प्रहरीमा खबर पुग्यो । प्रहरीले बैंकको एरिया नियन्त्रणमा लियो, सिसिटिभि हेर्यो र अनुसन्धान सुरु गर्यो । फुयाँल बैंकमा मृत भेटिएपछि घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयसँगै मधेस प्रदेश प्रहरी कार्यालयबाट संयुक्त टोली खटिएको थियो ।

सुवेदीले यसअघि नै बैंक लुटेर चितवन आउने योजना बनाएका थिए । योजना फेल भएपछि, र उल्टै सुरक्षागार्डको हत्या गरेपछि उनी त्यही रात नै भागेर चितवन आए ।

बैंकको सीसीटिभी फुटेजमा उनी घरायसी हातहतियारसहित बैंक प्रवेश गरेको देखिन्छ । सुरक्षा गार्डको हत्या गरेर भागेकोसमेत सीसीटिभी फुटेजमा देखिएपछि प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो ।

प्रहरीले आवश्यक अनुसन्धान गर्दा उनी भागेको सम्भावित ठाउँहरुमा घटनाको विवरण र सुवेदीको हुलियासहित सर्कुलेसन गरिसकेको थियो । अन्ततः सर्कुलेट भएको हुलिया मिलेपछि उनी चितवनबाट पक्राउ परे ।    

पक्राउ परेपछि प्रहरीले उनलाई केरकार गर्ने नै भयो । बुझ्दैजाँदा थाहा भयो, उनी शसस्त्र प्रहरीका पूर्व जवानसमेत रहेछन् । २०७० सालमा सशस्त्रको प्रहरी जवानका रुपमा सरकारी जागिर खाएका उनले २०७९ सालमा जागिर छोडेका रहेछन् । 

प्रहरीले उनको आपराधिक पृष्ठभूमिकोसमेत खोजी गरेको थियो । यद्यपि यसअघि उनी कुनै पनि अपराधमा संलग्न नरहेको फेला परेको छ ।

उनले बैंक लुट्ने योजना बनाउनुको पछाडिको कारण उनको ऋण रहेको बयान उनले प्रहरीसमक्ष दिएका छन् । प्रहरीमा उनले दिएको बयानमा उनले २५ लाख रुपैयाँ ऋण लागेको र कसैगरी पनि सो ऋण तिर्न नसकेपछि बैंक लुट्ने योजना बनाएको भनेका छन् । प्रहरीसँगको बयानमा उनले आफूले केही समय अगाडिदेखि नै बैंक लुट्ने योजना बनाएको, सोही अनुसार तयारी गरेको र बैंकको शाखाको पटक पटक रेक्की गरेकोसमेत उल्लेख गरेका छन् । बैंक लुटेर चितवन जाने योजना बनाएका उनी आफ्नो योजना सफल नभएपछि आफ्नो घर पुगेर सामानहरु राखेर, लत्पत्तिएको रगत पुछेर, ज्यान पखालेर त्यहाँबाट भागेका थिए ।  

तर, पाप धुरीबाट कराउँछ भनेजस्तै उनको पाप चितवनबाट करायो । उनलाई पक्राउ गरिएपछि प्रहरीको बयानमा उनले बैंक लुट्ने योजना असफल भएपछि घर पुगेर सामान लुकाएर भागेको बयान दिएका थिए । सोही बयानका आधारमा प्रहरीले उनी बस्ने घरमा छापा मारेको थियो । प्रहरीले छापा मारेर घटनामा प्रयोग भएको खुकुरी, उनले बोकेको झोला, त्यसबेला लगाएका कपडा, लुट्न प्रयोग गरिएका सामान र काठ बरामद गरेको छ । 

नेपाल बैंकमा लुटको प्रयास सफल भएन, तर एक सुरक्षा गार्डको प्राण गयो । उता नबिल बैंकको पर्सा बाइपास शाखा लुट्न त लुटेराहरु सफल भएका थिए । यसले बैंक लुटका घटनाहरु अस्वाभाविक रुपमा बढीरहेका छन् भन्ने तथ्य त देखाएको छ नै, यसले देशको शान्ति सुरक्षाको स्थिति कतिसम्म कमजोर छ, र त्यसमा पनि मधेश प्रदेशको शान्ति सुरक्षाको स्थिति कुन हदसम्म कमजोर छ भन्ने तथ्य पनि देखाएको छ । यसअघि नबिल बैंक पनि मधेशमै लुटिएको थियो । नबिल अगाडि सिटिजन्स बैंकको शाखा पनि मधेशमै लुटिएको थियो । सिटिजन्स बैंक अगाडि र त्यसपछि पनि विभिन्न मनी ट्रान्सफर पनि मधेश प्रदेशमै लुटिएका छन् ।

बैंक लुटको घटनाले बैंकको सुरक्षा नीतिमा पनि प्रश्न उब्जाएको  छ । यसतर्फ नियामक नेपाल राष्ट्र बैंक, सुरक्षा निकाय, बैंक र सम्बन्धित अन्य सरोकारवालाहरुको पनि ध्यान जान जरुरी छ । घरपरिवार पाल्न बैंकको सुरक्षार्थ खटिएका एक युवाले बैंकको सुरक्षा गर्दागर्दै मर्नुपर्यो । शान्ति सुरक्षाको दृष्टिले कमजोर समाजको फाइदा उठाएर एउटा लुटेराले उनको ज्यान लियो । अव सुवेदी त जेल जानेछन्, बस्नेछन्, दिन काटेर फर्कनेछन् पनि, तर फुयाँल परिवारको त सर्वश्व गयो । बरु बैंक लुटिएको नै थियो भने पनि, बीमाले त्यसको क्षतिपूर्ति दिन्थ्यो, तर मान्छेको क्षतिपूर्ति असम्भव छ ।

बैंकका सुरक्षा गार्ड फुयाँल प्रति हार्दिक श्रद्धाञ्जली, परिवारमा गहिरो समवेदना । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: