काठमाडौँ । बाराही जङ्गल लजले निकुञ्ज क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा अवस्थित बाराही जङ्गल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्षेत्रमा प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ । लजदेखि ३ किमि तलसम्म गोलाघाटसम्म नदी आसपास क्षेत्रको फोहोर संकलन गरेको लजका फुड एण्ड बेभरेज म्यानेजर तेज थनेतले जानकारी दिएका छन् ।
उनले राष्ट्रिय निकुञ्जको सरसफाइमा सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । स्थानीय निकायले पनि सफा राख्न भूमिका खेल्नुपर्नेमा उनको भनाइ छ । यस खालको सरसफाइ लजले हरेक वर्ष गर्दै आइरहेको थनेतले बताएका छन् ।
रिसोर्टले वातावरण संरक्षण गर्न र दिगो विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ । रिसोर्टले वातावरण संरक्षणलाई विशेष जोड दिएकाले ‘टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लजको समेत मान्यता पाएको छ । बाँकी तस्बिरमा हेर्नुहोस्:


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्