×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दैनौ भन्न पाइँदैन’: मन्त्री चौधरी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दैनौ भन्न पाइँदैन’: मन्त्री चौधरी

४ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बैंक तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैनौ भन्न नमिल्ने बताएकी छिन् । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री चौधरीले केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै यो असम्भव कुरा भएको जनाएकी छिन् । दुर्गा प्रसाईँ, मणिराम ज्ञवाली जस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बढेको भन्दै मन्त्री चौधरीले यसले ऋणीहरूलाई झन् समस्यामा पार्ने जानकारी दिएकी हुन् । यस्ता खाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उनले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरेकी छिन् ।

त्यस्तै, ‘सही तरिकाले सही माग लिएर अगाडि बढेमा राम्रो हुन्छ । तर, अर्थतन्त्र नै ध्वस्त गराउन खोज्छ भविष्यमा त्यो आफैँ ध्वस्त हुन्छ । त्यसकारण हामीले अरूको बहकाउमा लागेर आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नु हुँदैन’, मन्त्री चौधरीले भनिन्, ‘हामी सुझबुझ पूर्ण तरिकाले लाग्नुपर्छ । बरु तपाईँहरूले हामीलाई तपाईँहरूका सुख दुखबारे भन्नुस् । आफ्नो सुखदुःख पनि भन्नुपर्छ । वित्तीय संस्था राम्रो हुनु भनेको सदस्यहरूकै कारणले भएको हो । सदस्यहरू यहाँ सहभागी भएर, तपाईँहरूले रिन लिएर न लघुवित्त फस्टाएको छ ।’

राष्ट्र बैंकले वित्तीय संस्थाको नियमन गर्ने भन्दै उनले राष्ट्र बैङ्कको नियमबाहिर कुनै पनि वित्तीय संस्था जान नसक्ने बताएकी छिन् ।

‘अहिले लघुवित्त संस्थाहरू छ र त गाउँगाउँमा दिदीबहिनीहरूले सानोतिनो ऋण लिएर व्यवसाय गरेका छन् । अन्य साना तिना खर्च चलाउन पाका छन्’, मन्त्री चौधरीले भनिन् । देशभर ५९ लाख व्यक्तिहरू लघुवित्तमा आबद्ध रहेको भन्दै मन्त्री चौधरीले केही व्यक्तिहरूले चर्चाका निम्ति ऋण मिनाहाको माग लिएर हिँडिरहेको उल्लेख गरेकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: