×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

परिणाम देखिनेगरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

परिणाम देखिनेगरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

Artha Sarokar

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिणाम देखिनेगरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । बिहीबार मन्त्रालयमा उनले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् ।

मन्त्री चौधरीले अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिसन मिल्नुपर्ने बताएकी छिन् । उनले भनिन्, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताएकी छिन् । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरि काम गर्नुपर्ने भन्दै उनले सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको उल्लेख गरेकी छिन् । त्यसका बाबजुद पनि बढी भन्दा बढी सेवाग्राही लाभ हुनेगरि काम गर्नुपर्ने उनी बताउँछिन् ।

मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्‍मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबीच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिएकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी