×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समयमा काम नसक्ने २२४ निर्माण कम्पनी कालोसूचीमा

PRIME CA
GLOBAL IME BANK

समयमा काम नसक्ने २२४ निर्माण कम्पनी कालोसूचीमा

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सरकारले पछिल्लो ९ महिनामा २ सय २४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विकास निर्माणको ठेक्का लिएर समयमा निर्माण कार्य नसक्ने कम्पनी कालोसूचीमा परेका हुन् । 

निर्माण कम्पनीहरुले सम्झौता बमोजिम काम सम्पन्न नगरेपछि कालोसूचीमा राख्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले बताएका छन् । उनले सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई आफैँ कालोसूचीमा राख्ने नगरेको पनि स्पष्ट पारेका छन् । 

‘सार्वजनिक खरिद अनुगमन कार्यालय आफैँले कम्पनीहरुलाई कालोसूचीमा राख्दैन ।’, शर्माले भने, ‘सार्वजनिक निकायहरुसँग गरेका सम्झौता बमोजिम कामहरु नभएकाहरुलाई कालोसूचीमा राख्न पठाएको सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्छौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।’

त्यस्तै, शर्माले कालोसूचीमा पर्नुमा सबै निर्माण कम्पनीको मात्रै दोष नदेखिने गरेको पनि बताएका छन् । ‘कालोसूचीमा पर्नुमा सबैभन्दा बढी दोष निर्माण कम्पनीहरुको छ ।’, उनले भने, ‘तर, सार्वजनिक निकायहरुले पनि निर्माण कम्पनीलाई काम लगाउन नसक्ने लगायतका कारणले कालोसूचीमा पर्ने कम्पनीहरु बढ्ने क्रम बढेको छ ।’ यसरी सार्वजनिक निकायहरुले निर्माण कम्पनीलाई वायस भएर पनि कालोसूचिमा राख्न सिफारिस गर्ने गरेको र त्यस्तो अवस्थामा सरकार निकायका विभागीय प्रमुखलाई पनि कारबाहीको लागि पत्र पठाउने गरेको शर्माले बताएका छन् । 

निर्माण कम्पनी कसरी पर्छन् कालोसूचीमा ?
सार्वजनिक खरिद ऐनको दफा ६३ ले समयमा निर्माण कार्य नगर्ने कम्पनीहरुलाई कालोसूचिमा राख्न पाउने व्यवस्था गरेको छ । विभिन्न बुँदामा व्याख्या पनि गरेको छ । निर्माण कम्पनीहरुको लागि तोकिएका आचरणहरु पालना नगरे कालोसूचीमा राख्ने प्रावधान छ । सार्वजनिक खरिद ऐनको दफा २७ वा ३८ बमोजिम स्वीकृतको लागि छनोट भएका बोलपत्र दाता वा प्रस्ताव दाताहरु खरिद सम्झौता गर्न आएनन् भने पनि कालोसूचीमा राखिन्छ । टेन्डरमा भाग लिएर टेन्डर पर्यो तर खरिद सम्झौता गर्न आएनन् भने कालोसूचीमा राख्नसक्ने व्यवस्था छ । खरिद सम्झौता कार्यान्वयन गर्दै जाँदा त्रुटि गरेको वा खरिद सम्झौता अनुसारको दायित्व पूरा गर्न नसकेको अवस्थामा कम्पनीहरु कालोसूचिमा पर्ने गर्दछन् । सार्वजनिक खरिदमा भाग लिन अयोग्य फौजदारी कसुर गरेको वा फौजदारी कसुर अदालतबाट दोषी प्रमाणित भएर आएकोलाई पनि कालोसूचीमा राखिन्छ । योग्यता ढाँटेर वा झुक्याएर खरिद सम्झौता गरेको प्रमाणित भएकाहरु पनि कालोसूचीमा पर्ने गर्दछन् ।

सरकारले कति वर्षसम्म निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सक्छ ? 
निर्माण कम्पनीहरुलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्नसक्ने व्यवस्था गरेको प्रवक्ता शर्माले बताउनु भयो । निर्माण कम्पनीले सामान्य किसिमको गल्तीहरु गरेको र कम्पनीलाई सम्बन्धित सार्वजनिक निकायले सिफारिस गरेर पठाएका तथा टेन्डर पर्यो र खरिद सम्झौता गर्न आउने कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्न सकिन्छ । झुटो डकुमेन्ट पेश गरेको अपराधलाई कडा मानेर ३ वर्षसम्म राख्ने गरिएको छ । सम्झौता गर्यो निर्माणको लियो तर काम गर्न सकेन वा छल्ने हिसाबले म्याद थप गर्दा पनि ५० प्रतिशत भन्दा कम प्रगति गर्ने कम्पनीलाई दुई वर्ष कालोसूचीमा राख्ने गरिएको छ । एउटै निर्माण कम्पनी दुई तीन पटकसम्म कालोसूचीमा परेका छन् । कालोसूचीमा परेको कम्पनीले विगतमा लिएका ठेक्कामा कुनै असर पर्दैन । कालोसूचीमा परे पनि काम गर्न पाउँछ । कालोसूचीमा परेपछि त्यस्तो कम्पनीले टेन्डर प्रक्रियामा भाग लिन पाउँदैन । कोभिडपछिका विभिन्न समस्या तथा अन्य समस्याको कारण निर्माण कम्पनीहरु कालोसूचीमा पर्ने क्रम बढ्दो अवस्थामा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: