×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नयाँ चरणको आर्थिक सुधारका लागि महासङ्घले पहल गरिरहेको छ’: अध्यक्ष ढकाल

PRIME CA
GLOBAL IME BANK

‘नयाँ चरणको आर्थिक सुधारका लागि महासङ्घले पहल गरिरहेको छ’: अध्यक्ष ढकाल

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासङ्घले पहल गरिरहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

भेटमा महासङ्घका अध्यक्ष ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएको, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको उल्लेख गरेका छन् ।

यद्यपि यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक बुद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् । ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक बुद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको जनाएका छन् ।

यसैबीच होल्टम्यानले आईएफसी सधैँ निजी क्षेत्रको विकासको साझेदार  र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आईएफसी निरन्तर सहयोग र सहकार्य गर्ने बताएका छन् ।

होल्टम्यानले नेपालमा दिगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासङ्घसँग साझेदारी गर्न पाउँदा आफू खुसी भएको जनाएका छन् । गत वर्ष आईएफसी र महासङ्घले संयुक्त रुपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: