×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा आयोजित सांगीतिक कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा युएईमा आयोजित सांगीतिक कार्यक्रम सम्पन्न

९ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एसके-७ क्लबमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग’ शीर्षकमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्धघाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए ।

कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका थिए । साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि उनले बताएका थिए  ।

सांगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको कम्पनीले जनाएको छ । नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएका थिए । चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए ।

यस्तै, आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: