×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्व बजार : मकैको भाउ अहिलेसम्मकै उच्च, ब्राजिलको बाढी, रुसको मौसम र अर्जेन्टिनामा जारी हड्ताल मुख्य कारण !

PRIME CA
GLOBAL IME BANK

विश्व बजार : मकैको भाउ अहिलेसम्मकै उच्च, ब्राजिलको बाढी, रुसको मौसम र अर्जेन्टिनामा जारी हड्ताल मुख्य कारण !

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्व कमोडिटी बजारमा मकैको भाउ तीन महिनायताकै महँगो भएको छ ।  सिकागो बोर्ड अफ ट्रेड (सीबीओटी) मा २६ महिना यताकै उच्च भाउ अर्थात यूएस कर्न फ्युचरका मूल्य प्रति बसेल ४ डलर ६० सेन्ट र कर्न फ्युचर्स ४ डलर ६८ सेन्ट पुगेको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वको सबैभन्दा ठूलो गहुँ आपूर्तिकर्ता रूसमा सुख्खा मौसमको अवधि बढ्ने चिन्ता, मकैमा लागेको रोग, अर्जेन्टिनामा श्रमिकहरूको जारी हडताल र ब्राजिलमा आएको ठुलो बाढीले ठुलो परिमाणमा मकै र भटमास नष्ट भएपछि मकैको भाउमा यस्तो बढोत्तरी देखिएको हो ।  

अन्तर्राष्ट्रिय अन्नबाली काउन्सिल (आईजीसी) ले बिहीबार नै सन् २०२४/२५ को सुरुवाती सिजनमा विश्वभर रेकर्ड नै ब्रेक हुनेगरि मकैको भाउ बढ्ने अनुमान गरेको थियो ।

नेपालमा भने कमोडिटी बजार अझै पनि अवैध छ । सरकारले लाइसेन्स दिने तयारी गरे पनि नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नहुँदा यो विषय अहिले ओझेलमा छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: