×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न

Artha Sarokar

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले वैशाख २२ गते शनिबार काठमाडौँमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।

सो कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरूको उल्लासमय सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले अभिकर्ताहरूको कामको उच्च सम्मान व्यक्त गर्दै काम गर्न उर्जा प्रदान गरेका थिए ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ताहरूलाई आफ्नो पेशामा निष्ठापूर्वक काम गर्दा कही कतै बाधा आए कम्पनीले सँधै सहजीकरण गर्ने बताएका छन् ।

कम्पनीका तालिम विभाग प्रमुख योगेन्द्र प्रसाद खतिवडाले अभिकर्ताहरूलाई कम्पनीले प्रदान गर्ने सेवा सुविधा तथा बिक्रीकला सम्बन्धी तालिम प्रदान गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्रान्ड एम्बेसडर मनोज गजुरेलको सहभागीहरूमा रोचक ढंगले उत्प्रेरणात्मक प्रस्तुती रहेको थियो ।

उनले जीवन बीमाले सबैको जीवनमा निश्चिन्तता प्रदान गर्ने विश्व व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी