×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली १ हजार दरका १८ थान नक्कली नोटसहित एक महिला पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली नोट ? (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

नेपाली १ हजार दरका १८ थान नक्कली नोटसहित एक महिला पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली नोट ? (भिडियोसहित)

२५ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली १ हजार दरका १८ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् ।  पक्राउ पर्नेमा छेडागाडा नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया विपना बुढा रहेकी छिन् ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले सोमबार बिहान उक्त महिलालाई छेडागाडा नगरपालिका ५ थलह बजारबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो । सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।

नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

(भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: