×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जना पक्राउ

Artha Sarokar

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अवैध रूपमा चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा प्रहरीले दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लियाङ्ग्लिन र भक्तपुर स्थायी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ रहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार चिनियाँ नागरिकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा रहेको जियाङ सु होटल एण्ड रेस्टुरेन्टबाट र श्रेष्ठलाई काठमाडौँको ठमेलस्थित होटल चेङ्दु प्रालिबाट पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकको साथबाट नेपाली रुपियाँ ३७ लाख ८१ हजार ३ सय ५०, भारतीय १२ हजार, थाइ भाट २ हजार, अमेरिकी डलर ५ सय ३०, युरो ३ सय, चाइनिज युआन ३२ हजार ७०, मोबाइल दुई थान, राहदानी एक थान, स्थायी परिचयपत्र एक थान, एटिएम कार्ड लगायतका सामाग्री बरामद गरेको छ ।

त्यस्तै, श्रेष्ठको साथबाट प्रहरीले नेपाली रुपियाँ ९ लाख बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी