काठमाडौँ । भक्तपुरको कारखानामा आगलागी हुँदा झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोटमा रहेको प्लाई कार्पेट कारखानामा शनिबार १२ बजे राती आगलागी हुँदा झण्डै २ करोड रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ र भारत घर घई कारखानामा काम गर्ने २९ वर्षका मनु उर्वा रहेका छन् । श्रेष्ठ सामान्य घाइते भएका छन् भने उर्वा गम्भिर घाइते भएका छन् ।
त्यस्तै, कारखानाको आगो निभाउन भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेबाट ७ वटा दमकल तथा चार वटा पानी ट्यांकर प्रयोग भएको थियो ।
नेपाल प्रहरीका ४७ जना र सशस्त्र प्रहरीको १३ जनाको टोली समेत खटेर आइतबार बिहान ४ बजे आगो नियन्त्रणमा लिएको भक्तपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्