काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट हुने भएको छ । बैंकले आफ्ना कार्ड बाहक ग्राहकहरूलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुन:सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका अनुसार यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहनेछ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा रु ५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा रु ७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ । ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष विशेष योजनाहरू सार्वजनिक गर्दै आएको छ ।
यसअघि पनि ३ महिना सञ्चालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी यस किसिमका समय सान्दर्भिक योजनाहरू ल्याउँदै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्