×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

PRIME CA
GLOBAL IME BANK

शुक्रबार २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको छैटौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १८ हजार २ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १  लाख १७ हजार ६ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४८७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: