×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

GLOBAL IME BANK

शुक्रबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले घटेर एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८५५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ३ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १६ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५९० रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: