काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले आइपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते साधारणसभा डाकेको छ ।
सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुने जनाईएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
सो सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्र थप प्रक्रिया आगाडी बढ्ने कम्पनीले जनाएको छ।
त्यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।