×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स र निफ्टी हालसम्मकै उच्च बिन्दुमा 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स र निफ्टी हालसम्मकै उच्च बिन्दुमा 

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाईको बिन्दुमा पुगेको छ । बिहीबार भारतीय सेयर बजारमा देखिएको उछालसँगै भारतीय सेयर बजार मापक सूचक सेन्सेक्स र निफ्टी हालसम्मकै उच्च बिन्दुमा पुगेका हुन् । 

बिहीबार सेन्सेक्स ७५,४१८.०४ बिन्दुमा पुगेको छ भने निफ्टी २२,९६७.६५ बिन्दुमा पुगेको छ । 

निजी बैंकको सेयर भारी वृद्धि देखिएपछि बिहीबार सेन्सेक्स ११९६.९८ अंकले बढ्दा निफ्टी ३५४.६६ अंकले बढेको थियो । बिहीबार सेन्सेक्स हालसम्मकै उच्च ७५,४९९.९१निफ्टी २२,९९३.६० बिन्दुमा पुगेको थियो ।

बिहीबार भारतीय सेयर बजारमा देखिएको वृद्धि शुक्रबार पनि कायम रहने भारतीय सेयर विश्लेषकहरुले बताएका छन् । पछिल्लो केही समययता भारतीय सेयर बजार लगातार बढिरहेको छ । बजार निरन्तर उकालो गतिमा लागेपछि भारतीय सेयर लगानीकर्ताहरु पनि उत्साहित बनेका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: