×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति क्यापिटलद्वारा ‘निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक

PRIME CA
GLOBAL IME BANK

ज्योति क्यापिटलद्वारा ‘निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक

२५ बैशाख २०८१, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। ज्योति क्यापिटल लिमिटेडले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको लागि ‘ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो सेयर खाता’ योजना सार्वजनिक गरेको छ । सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याएको क्यापिटलले जनाएको छ । योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् ।

क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट बाट खोल्न सकिनेछ ।

उक्त योजना आगामी मिति २०८१ वैशाख २६ गते देखि २०८१ जेष्ठ २६ सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: