काठमाडौं। संचार व्यवसायी कैलाश सिरोहियालाई राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नाडाले उजुरिकै आधारमा धरपकडगरी हतोत्साहित गर्ने कार्य प्रति आपत्ति भएको जनाएको हो।
‘यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम कानून अनुसार कारवाही गर्नुपर्छ भन्ने कुरामा नाडा स्पष्ट छ । तर एउटा सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरिकै आधारमा धरपकडगरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरुको मनोबल गिर्नुका साथै व्यवसायीहरुलाई आतङ्कित बनेको अवस्थाप्रति ध्यानाकर्षण गराउदै व्यवसायीहरुको कुरा सुन्ने र भन्न दिने वातावरण बनाउनु पर्छ भन्ने कुरामा नाडा आग्रह गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिवेला व्यवसायीहरुको मनोवल बढाई लाखौ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनु पर्ने अवस्था छ । तसर्थ, व्यवसायी एवं व्यावसायिक वातावरण नविगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नु पर्ने समयमा कुनै तवरबाट हतोत्साहित नबनाई दिन नाडाले आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्