×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कामना सेवा विकास बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता 

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कामना सेवा विकास बैंक र एफवन सफ्ट इन्टरनेसनलले बैंकका ग्राहकहरुलाई लक्षित गरी विभिन्न योजना सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकको मोबाईल बैंकिङमा रजिस्टर गरी कुनै पनि रकमको टप-अप गर्ने मध्ये भाग्यशाली ५० जना ग्राहकहरुले रु ५० को टप-अप जित्न सक्नेछन् । यो अफर नयाँ ग्राहकहरुलाई मात्र मान्य हुनेछ ।

त्यसैगरी, ग्राहकहरुले न्यूनतम रु १०० को टप-अपमा वा कुनै पनि डाटा प्याक खरिद गर्दा २ जना भाग्यशाली विजेताले लक्की-ड्र मार्फत इयरबड जित्न सक्नेछन् । यो अफर नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई मान्य हुनेछ ।

यसैगरी, कारोबार गर्ने ग्राहकहरु मध्ये एकजना लक्की विजेताले बम्पर पुरस्कार स्मार्टफोन जित्न सक्नेछन् । यो योजना जेठ मसान्त-भर लागु हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: