×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक र रूपन्देही सीटी एण्ड डाइग्नोसिस सेन्टरबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

GLOBAL IME BANK

कामना सेवा विकास बैंक र रूपन्देही सीटी एण्ड डाइग्नोसिस सेन्टरबीच सम्झौता, ग्राहकहरुलाई १० प्रतिशत छुट

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कामना सेवा विकास बैंक र रूपन्देही सीटी एण्ड डाइग्नोसिस सेन्टरबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अन्तर्गत बैंकका ग्राहकहरूले डाइग्नोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवासुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । 

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरू सम्म पुर्याउने उद्देश्यले स्थापित डाइग्नोसिस सेन्टरमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । 

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरि रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: