राजविराज । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका-९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द चिल्ड्रेन’को सहयोगमा ‘सबल नेपाल’ संस्थाले बीउबिजन र मलखाद सहयोग गरेको छ ।
कृषक समूहकी अध्यक्ष कविताकुमारी सदाले विगतमा आफूहरु बेरोजगार बनेर घरमै बस्दै आएकामा हाल तरकारी उब्जाएर पैसा कमाउन थालेको बताएकी छिन् । उनीहरुलाई सबल नेपालले तरकारी खेती गर्नेबारे तालिमसमेत दिएको छ । उनले भनिन्, ‘त्यत्तिक्कै बस्नुभन्दा मेहनत गरेर खाने सोचका साथ तरकारी खेती गर्न थालेका हौँ, तरकारी खेती गरेरै घरखर्च चलाउनुका साथै केही पैसा बचतसमेत गर्दै आएका छौँ ।’
करिब १४ कट्ठा जग्गामा दलित महिला मिलेर तरकारी खेतीमा संलग्न छन् । उनीहरुले बिहान आफ्नो घरको काम सघाएर बाँकी समय तरकारी खेतीमा बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले बताएकी छिन् । उनले भनिन्, ‘दलित महिलाको आर्थिक समृद्धिका लागि ‘सेभ द चिल्ड्रेन’को साझेदारीमा समुन्नति कार्यक्रमअन्तर्गत सबल नेपालले तरकारी खेती गर्नका लागि बीउबिजन, प्राङ्गारिक मल, कृषि औजारलगायत सहयोग गरेको छ । यसबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् ।’
दिनाभद्री कृषक समूहका सदस्य ललिता सदाले समूहको तरकारी खेतीबाट आम्दानी गरेर आफ्नो घर व्यवहार चलाएर छोराछारीको पठाइ खर्चसमेत निकाल्ने गरेको बताइन् । सिँचाइ अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुँदा अहिले तरकारी खेती गर्न समस्या नभएको उनको भनाइ छ । उनीहरुले लौका, फर्सी, खुर्सानी, भन्टा, काँक्रो, प्याजलगायत तरकारी उत्पादन गर्दै आएका छन् ।
आफ्नै बारीमा उब्जेका तरकारी नजिकैको टिकुलिया हटियमा तरकारी आफैँ बसेर बिक्री गर्दा आम्दानी गर्न सकिएको समूहकी सदस्य तिलिया सदाको भनाइ छ । उनले भनिन्, ‘तरकारी खेतीले आफ्नो दैनिक खानाको लागि पुग्ने र बचेका तरकारी नजिकको हटियामा बिक्री गरेर आम्दानी गर्ने गरेकी छु ।’
सुरुङगा नगरपालिका-२ कमलपुरका कृषकले समेत तरकारी खेतीबाट वार्षिक लाखौँको आम्दानी गर्न थालेका छन् । चन्द्रमुखी कृषक समूह गठन गरेर यहाँ तरकारी खेती गरिएको छ । व्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोडी, खुर्सानी, मुला, फर्सीलगायत तरकारी उत्पादन गर्न थालेका छन् । समूहका सदस्य राजकुमार महतो चार छोरा/छोरीलाई उच्च शिक्षा पढाउन तरकारी खेतीमा जुटेको बताउछन् । मलेसियाबाट आएपछि उनले पाँच कट्ठा जग्गामा तरकारी खेती गरेर अहिले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
यस्तै धीरेन्द्र यादव पनि बुबाले गरेको तरकारी खेतीमा सधैँ सघाउछन् । उनी कक्षा १२ मा स्थानीय विद्यालयमा अध्यनरत छन् । बिदाको समयमा तरकारी खेतीमा सहभागी हुने गरेको उनले बताए । चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवनप्रसाद यादवले १० बिघामा सामूहिकरुपमा तरकारी खेती गर्दै आएका छन् । यस क्षेत्रमा घोरगाधा र बादरको आङ्तक रहेको बाबजुत पनि तरकारी खेतीबाट लाखौँको आम्दानी गर्न किसान पछि हटेको छैनन् । सबल नेपालले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा ऊर्जा थपिएको सदस्य रामवती महतोले बताए ।
खडक नगरपालिका-४ अमहाका कृषक समूहले तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समूहका १८ सदस्यले तरकारी खेतीले वार्षिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका समूहका सदस्य सुनिता बस्नेतको भनाइ छ । सो बस्तीका करिब दुई सय परिवारले तरकारी खेती गर्दैआएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्