काठमाडौं। कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई फोन लोन सुविधा ल्याएको छ । बैंकले मर्चेन्टहरूलाई बिना झन्झट मोबाइल बैंकिङ एप मार्फत नै दुई लाख रुपैयाँ सम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको हो ।
उक्त सुविधाबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तिय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्