Skip to content
LAXMI SUNRISE BANK

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटलबीच सम्झौता, ‘वे टु लिस्टिङ’ सेवा प्रदान गरिने

अर्थ सरोकार

काठमाडौं। कुमारी क्यापिटल लिमिटेड र हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेड बीच ‘वे टु लिस्टिङ’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

क्यापिटलले सो सेवा अन्तर्गत नेपालमा प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सोही सेवा अन्तर्गत हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडलाइ आइपीओ जारी गरी सूचिकरणको चरणसम्म पुर्याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिल कुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पुर्याई वैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रा.लि.भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज अन्तर्गत रहि सञ्चालन भइरहेको छ ।

सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK