काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सह- वित्तीय करणमा सहभागी बैंकहरू र सुपर बागमती हाइड्रोपावर बीच लगानी गर्ने सम्झौता भएको छ ।हाइड्रोपावरले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो ।
सो आयोजनाको कुल लागत ९.२८ अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने जनाईएको छ ।
सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिई २०८० आषाढ २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रक्सन रहेका छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सह- वित्तीय करणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक संस्थापकहरुको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब रहेको छ भने सह- वित्तीयकरणमा सहभागी अन्य बैंकहरू मध्ये सह-अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ ।
आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादक मध्येको ठुलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्