×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज बैंकले गर्‍यो कपनमा सेवा विस्तार

GLOBAL IME BANK

लक्ष्मी सनराइज बैंकले गर्‍यो कपनमा सेवा विस्तार

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

बुढानीलकण्ठ नगरपालिका-१० कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न.१२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सनराइज बैंकको शाखा रहेको स्थान – औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका-१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: