×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो सामाजिक कार्यक्रम

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो सामाजिक कार्यक्रम

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले विभिन्न सामाजिक सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेका छन् ।

बैंकको बेलौरी शाखाद्वारा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागूऔषध सम्बन्धी जनचेतनामूलक बोर्डहरू हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागूऔषध अपराध सम्बन्धी जनचेतनामूलक  बोर्डहरू राखी त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरू हस्तान्तरण गरेका थिए ।

बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका ३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लब भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजुले युवा क्लबका अध्यक्ष सुवास कुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए ।

त्यस्तै, इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका २०, तरहरा सुनसरीमा अवस्थित श्री बाल बहुभाषीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरू अध्ययनरत भएकाले शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बैंकको कोशी प्रदेश प्रमुख दीपक कुमार गुप्ताले विद्यार्थीहरूलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

यस्तै, बैंकको शिशुवा शाखाले पोखरा महानगरपालिका ३० स्थित शिशुवा वजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । शिशुवा वजार क्षेत्र भित्र सम्भावित विभिन्न आपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री ध्रुवराज तिवारीले पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्री दुर्गा प्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रम सँगसँगै बैकको हेटौंडा शाखाद्वारा रोटरी क्लब अफ हेटौंडालाई डस्टबिन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

यता हेटौंडा महानगरपालिकामा अवस्थित टोल, सार्वजनिक बाटोहरू तथा पार्कहरूमा निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगरपालिका बनाउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: